१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

काठमाडौंमा महिनौंपछि खुले कक्षाकोठा

तस्बिर : कविन अधिकारी

काठमाडौँ — कोरोनाका कारण महिनौं बन्द रहेका काठमाडौंका विद्यालय शुक्रबारदेखि खुलेका छन् । लामो समय अनलाइन कक्षा चलाएका विद्यालयले आजदेखि भौतिक उपस्थितिमै पढाइ थालेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहित स्थानीय तहका शिक्षा समिति अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिहरूको बैठकले गत असोज १ देखि विद्यालय खोल्ने निर्णय गरेको थियो । प्रशासनले स्वास्थ्य मापदण्ड अपनाएर पढाइ सञ्चालन गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको दर कम हुँदै गएपछि विद्यालय खुला गरिएका हुन् ।

लामो समयपछि कक्षाकोठा पस्दै गर्दा विद्यार्थीहरूले मास्क लगाएका छन् । उनीहरूलाई ढोकामा स्यानिटाइजर लगाएर मात्र भित्र पठाइएको विद्यालयहरूले जनाएका छन् ।


प्रकाशित : आश्विन १, २०७८ ११:११
प्रतिक्रिया
पठाउनुहोस्