कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो छ नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय

तस्बिर : अंगद ढकाल

काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा आएको छ । शुक्रबार बिहान पार्टी अध्यक्ष माधवकुमार नेपालले आलोकनगरस्थित पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालसहित नेताहरू वेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगा तुलाधरलगायतहरू उपस्थित थिए । नेकपा एमालेबाट विभाजन भई नेपाल नेतृत्वमा गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो ।


प्रकाशित : आश्विन १, २०७८ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्