१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

खोई सुरक्षा ?

तस्बिर : दीपक केसी, दिपेन्द्र रोक्का

काठमाडौँ — अहिले विश्वभर नै नेपाल मानव स्रोतका लागि परिचित छ । विशेष गरेर अनौपचारिक क्षेत्रमा काम गर्ने नेपाली कामदारको माग खाडी मुलुकमा धेरै नै रहेको छ । विदेशी भूमिमा अनौपचारिक क्षेत्रमा काम गर्दा स्वदेशमा भन्दा धेरै पैसा पाउने भएकैले पनि अधिकांश नेपाली युवा श्रमशक्ति बेच्नका लागि विदेसिन्छन् । तर नेपालमा भने अनौपचारिक क्षेत्रमा काम गर्दा एकातर्फ पैसा त कम छ नै अर्कोतर्फ जोखिम पनि बढी छ । किनभने निर्माण कम्पनीले त्यस्ता कामदारको सुरक्षाबारे थोरै मात्रै सोच्ने गर्छन् । यसको उदाहरण हो बबरमहल नजिकै धोबिखोलामाथि बन्दै गरेको पुलमा रंग लगाउने काममा व्यस्त यी कामदारहरुको तस्बिर ।


प्रकाशित : भाद्र २८, २०७८ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्