कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोई सुरक्षा ?

तस्बिर : दीपक केसी, दिपेन्द्र रोक्का

काठमाडौँ — अहिले विश्वभर नै नेपाल मानव स्रोतका लागि परिचित छ । विशेष गरेर अनौपचारिक क्षेत्रमा काम गर्ने नेपाली कामदारको माग खाडी मुलुकमा धेरै नै रहेको छ । विदेशी भूमिमा अनौपचारिक क्षेत्रमा काम गर्दा स्वदेशमा भन्दा धेरै पैसा पाउने भएकैले पनि अधिकांश नेपाली युवा श्रमशक्ति बेच्नका लागि विदेसिन्छन् । तर नेपालमा भने अनौपचारिक क्षेत्रमा काम गर्दा एकातर्फ पैसा त कम छ नै अर्कोतर्फ जोखिम पनि बढी छ । किनभने निर्माण कम्पनीले त्यस्ता कामदारको सुरक्षाबारे थोरै मात्रै सोच्ने गर्छन् । यसको उदाहरण हो बबरमहल नजिकै धोबिखोलामाथि बन्दै गरेको पुलमा रंग लगाउने काममा व्यस्त यी कामदारहरुको तस्बिर ।


प्रकाशित : भाद्र २८, २०७८ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्

कपिलवस्तुबाट छर्लंगै हिमाल

मनोज पौडेल

कपिलवस्तु — मौसम सफा भएसँगै कपिलवस्तुबाटै हिमालहरू देखिएपछि स्थानीय निकै उत्साहित भएका छन् । आइतबार र सोमबार बिहानैबाट दिउँसोसम्म यहाँबाट हिमालहरु छर्लंगै देखिएका थिए । सदरमुकाम तौलिहवाका घरका छत, कौसी र दैलोबाटै मज्जाले सेताम्य हिमाल देखिएको थियो । आँखैअघि हिमाल देखिएपछि सर्वसाधारण फोटो र सेल्फी खिच्न तछाडमछाड गरिरहेका थिए ।

यहाँबाट विश्वकै सातौं अग्लो ८ हजार १६७ मिटर अग्लो धौलागिरी देखिएको थियो । त्यस्तै, विश्वको दशौं अग्लो तथा नेपालको नवौं अग्लो ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण पहिलो र ७ हजार २१९ मिटर लग्लो अन्नपूर्ण साउथ हिमाल देखिएको थियो । त्यस्तै, ७ हजार १३४ मिटर अग्लो तिलिचो हिमाल पनि उत्तिकै चित्ताकर्षक देखिएको थियो ।

दुई दिनदेखि बादलको पर्दा हटाएर हिमालले बुद्धस्थल तौलिहवा र आसपासलाई हेरिरहेको देख्दा निक्कै रमाइलो लागेको स्थानीय अनिल मालीले बताए । ‘दशकयता बिहानको लालीमय र दिउँसो सेतामय हिमाल देखेको थिइनँ,’ उनले भने, ‘हिमालको सुन्दरताको जति बखान गरेपनि कम हुन्छ ।’


प्रकाशित : भाद्र २८, २०७८ १९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×