२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

मनमोहक फाँट

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुका अधिकांश खेत, फाँट र बस्ती आसपासका ठाउँमा धानबालीले हरियो देखिएका छन् । जता हेर्‍यो उतै धानबाली लहलहाइरहेको हरियो फाँट देख्न सकिन्छ । जिल्लाको ८३ हजार खेतीयोग्य जमिनमध्ये ७१ हजार ५ सय हेक्टरमा यस वर्ष धानबाली लगाइएको छ । यस वर्ष समयमै वर्षा भएकाले कृषकले बेलैमा धान रोपेका थिए । नियमित पानी परिरहेको र रोगकिरा नलागेकाले यस वर्ष धान उत्पादन बढी हुने बताइएको छ । कपिलवस्तुको बर्दहवा, रमतलाहा, लमतिया, बण्डिहुली, जगदीशपुर र जलरैया गाउँ आसपास ड्रोनबाट लिइएका धान फाँटका मनमोहक दृश्य ।

गत आव ०७७/७८ मा मुलुकभर ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागले बताएको छ । १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागले बताएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यान्मार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान संसारकै १० प्रमुख धान उत्पादक देश हुन भने नेपाल १७ औं स्थानमा पर्छ ।


प्रकाशित : भाद्र २७, २०७८ १९:११
प्रतिक्रिया
पठाउनुहोस्