२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता ईकान्तिपुरमा प्रतिनिधिसभामा सांसद र मर्यादापालक घम्साघम्सी र लगातारको वर्षाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँ डुबानमा पर्दा स्थानीय प्रभावित भएको तस्बिरहरुले प्राथमिकता पाए । जुन तस्बिरहरु पाठक/दर्शकले पनि अत्यन्तै रुचाइएका छन् ।

छाउनीस्थित सैनिक अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनेहरूको भीड । तस्बिर : केशव थापा

त्यत्तिमात्रै होइन कुशे औंसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको घुइँचो, विदेश जाने युवाहरु छाउनीस्थित सैनिक अस्पतालमा कोभिडविरुद्धको खोप लगाउन लाइनबद्ध भएका तस्बिरदेखि नेपाल-बंगलादेश बीचको मैत्रीपूर्ण महिला फुटबलको तस्बिरले पनि स्थान पायो ।

एमालेको अवरोधबीच प्रतिनिधिसभामा सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रस्तुत गरेको बेला सांसद गंगा चौधरी सत्गौवा मर्यादापालकको घेराउ तोड्दै रोस्ट्रममा जाने कोसिसमा । तस्बिर : अंगद ढकाल

भाद्रकृष्ण औंसी (बाबुको मुख हेर्ने दिन) को अवसरमा मंगलबार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनहरुको घुइँचो । तस्बिर : अंगद ढकाल

वर्षाका कारण राजधानीको डल्लु क्षेत्र डुबानमा परेका सामानहरु घाममा सुकाउँदै स्थानीयहरु । तस्बिर : संजोग मानन्धर

कोराना संक्रमणको जोखिमका कारण लगाइएको निषेधाज्ञा हटेसँगै खुलेका फिल्म हल परिसरमा स्यानिटाइजर छर्कंदै कर्मचारी । तस्बिर : संजोग मानन्धर

नेपाल-बंगलादेश बीचको मैत्रीपूर्ण महिला फुटबलमा बल अघि बढाउँदै नेपालकी प्रिती राई । तस्बिर : हेमन्त श्रेष्ठ


प्रकाशित : भाद्र २६, २०७८ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्