तीजको रमझम [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल, दिपेन्द्र रोक्का, सञ्जोग मानन्धर

काठमाडौँ — भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व बिहीबार महादेवको पूजा आराधना गरी मनाइँदैछ । कोरोना महामारीका कारण गत वर्ष जस्तै यो वर्ष पनि मन्दिरहरू बन्द छन् भने भक्तजनको भीडभाड पनि त्यति छैन ।

मुलुकका अधिकांश मुख्य मन्दिरहरू नित्य पूजाका लागि बाहेक खुला गरिएका छैनन् । काठमाडौंस्थित पशुपतिनाथ परिसरमा रहेका पीठहरूमा महिलाहरू पूजाका लागि पुगेका छन् ।

मन्दिर बाहिरैबाट पूजा गरेपछि नाचगानमा मस्त देखिएका छन् हिन्दू महिलाहरु । अधिकांश महिलाहरु टिकटक बनाउन पनि व्यस्त देखिएका छन् ।


प्रकाशित : भाद्र २४, २०७८ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्