चुरा पोते व्यापारमा छैन उत्साह [तस्बिरहरू]

तस्बिर : दिपेन्द्र रोक्का

काठमाडौँ — तीजको पूर्वसन्ध्यामा काठमाडौंको इन्द्रचोकस्थित चुरा पोते बजारमा तीजको अघिल्लो दिन चहलपहल कम देखियो । कोरोना महामारीका कारण यहाँको पोते बजार अघिल्लो वर्षभन्दा केही चहलपहल देखिएपनि व्यापारीहरुमा कुनै उत्साह छैन । तिजमा विवाहित महिलाहरुका लागि चुरा र पोतेले विशेष महत्त्व राख्दछ ।

अरुबेला सधैं व्ययस्ता हुने इन्द्र चोकको पोते बजारमा सामान्य भीडभाड देखिएपनि साउनमा अलिक धेरै हुने गर्छ । यसवर्ष अघिल्लो वर्षको तुलानामा व्यापार बढेको व्यवसायीहरु बताउँछन् । २३ वर्षीय बेन्जु खानले इन्द्र चोकको पोते बजारमा काम गर्न थालेको ११ वर्ष भयो । कोरोना महामारीअघि उनले दैनिक ७५ देखि ८० हजार रूपैयाँको व्यापार गर्दथे । अहिले त्यो घटेर २५ देखि ३० हजारमा पुगेको छ । अघिल्लो वर्ष शून्य जस्तो रहेको व्यापार यस वर्ष केही बढेको उनले सुनाए । कोरोनाका कारण यसवर्ष पनि मानिसहरु संक्रमणको डरले बजारमा ननिस्किएको उनले बताए । 'नयाँ डिजाइनका सामानहरु यो वर्ष निकालिएन नत्र पहिलेको वर्षमा विभिन्न डिजाइनका सामानहरु मेरो पसलमा थियो,' उनले भने ।


प्रकाशित : भाद्र २३, २०७८ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्