२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

प्रतीक्षा उपभोक्ताको होइन, सामान सुकाइको [तस्बिरहरू]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — आइतबार रातिदेखि सोमबार मध्याह्नसम्म परेको भारी वर्षाले काठमाडौं उपत्यकाका नदी उर्लिए । नदी किनारमा रहेका बस्तीमा बाढी पस्यो । कतिको भान्सा डुबे, कतिका सुत्ने कोठै डुबे । त्यतिमात्रै होइन कतिका पसल पनि चुर्लुम्मै डुबे । जसले गर्दा धनको क्षति हुन पुग्यो । उपत्यकाका वाग्मती, विष्णुमति, मनोहरा, धोबीखोला, टुकुचा छेउछाउका बस्ती र पसल छिरे । यस्तै काठमाडौंको परोपकारबाट डल्लु जाने चागल लिंकरोडमा विष्णुमतीको बाढी पस्यो । कतिका घर, पसलका सामानहरु डुबायो । आफ्नो क्षति कम गर्न पसलेहरुले भने मंगलबार त्यही डुबाएका सामानहरु बचेका लत्ताकपडादेखि अन्य सामानहरु फुटपाथमा सुकाए ।

अरुबेला पसल राखिने फुटपाथमा मंगलबार भने फरक दृश्य देखियो । चर्केको घाममा मानिसहरु सामानहरु बेचिरहेका थिएनन् । आफ्ना भिजेका सामान सुकाएर उपभोक्ताको प्रतीक्षामा होइन सामान सुक्ने प्रतीक्षामा थिए ।


प्रकाशित : भाद्र २२, २०७८ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्