च्यासल फुटबल मैदानमा पस्यो बाढी

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — आइतबार रातिदेखि परेको अविरल वर्षापछि मनोहरा खोलामा आएको बाढी च्यासल फुटबल मैदानमा पसेको छ । बाढी पसेपछि मैदानको निर्माण कार्य प्रभावित भएको छ ।

काठमाडौंमा दशरथ रंगशालाको विकल्पको रुपमा हेरिएको ललितपुर महानगरपालिका–९ मा वाग्मती किनारमा रहेको यो रंगशालामा मनोहरा खोलामा आएको बाढी मैदानभित्र पसेपछि कामदार लगाएर मैदानभित्र र प्यारापिटमुनिको पानी निकाल्ने काम भइरहेको छ ।

२०७४ को वैशाखमा निर्माण कार्य सुरु गरिएको च्यासललाई २०७७ को जेठमा रंगशालाको अन्तिम रुप दिने योजना थियो । तर निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुने सम्भावना न्यून हुँदै गएको अवस्थामा कोभिड–१९ को महामारीले प्रभावित भएको छ ।

प्रकाशित : भाद्र २१, २०७८ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्