यस्तो रह्यो दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबलमा नेपालमाथि भारतको प्रभुत्व आइतबार पनि कायम रह्यो । दशरथ रंगशालामा भएको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारत २–१ ले विजयी रहेको हो । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा त्यसलाई दोहोर्‍याउन सकेन । नेपाली खेलाडीमा निरन्तर समान प्रदर्शनको कमी देखियो ।

भारतसँग नेपाल पराजित भएको यो १५ औं पटक हो । भारतले नेपाललाई दशरथ रंगशालामा हराएको भने यो दोस्रो पटक हो । नेपालले सन् २०१३ यता भारतलाई हराउन सकेको छैन । भारतले पहिलो गोल ६२ औं मिनेटमा गरेको थियो । नेपालले खेलाडी सब्टिच्युसनका क्रममा एकाग्रता गुमाएपछि फाहरुख हाजी कासम चौधरीले सजिलै गोल गरेका थिए । यो भारतले पूरा खेल अवधिमा सिर्जना गरेको पहिलो अवसर थियो र यसमै गोल गर्न सफल रह्यो । फाहरुखले गोल गर्दा उनी पूर्णत: 'अनमार्क्ड' थिए । दोस्रो गोल भने ८० औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गरे । उनले थ्रु–बलमा प्राप्त बल अगाडि बढाएर नेपाली गोलरक्षक किरण चेम्जोङलाई सजिलै बिट गर्दै गोल गरे । दोस्रो हाफमा नेपालले तीन अवसर सिर्जना गरे पनि त्यसमा निर्णायक सावित भएन । तर ८६ औं मिनेटमा तेज तामाङले एक गोल फर्काए । तेजले पेनाल्टी एरिया बाहिरबाट शक्तिशाली प्रहार गरेका थिए । नेपालका लागि उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो  । यो गोलपछि खेलमा रोमाञ्चकता भने छाएको थियो ।


प्रकाशित : भाद्र २०, २०७८ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्

तस्बिरहरूमा हेर्नुहोस् अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल

नेपाल र भारतबीच बराबरी
तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — नेपाल र भारतबीचको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल बिहीबार दशरथ रंगशालमा १–१ को बराबरीमा टुंगेको छ । नेपालले पहिलो हाफमा एक गोलको अग्रता लिएर पनि त्यसलाई कायम भने राख्न सकेन् । नेपालका लागि अञ्जन विष्टले पहिलो हाफको ३६ औं मिनेटमा पहिलो गोल गरे ।

भारतीय डिफेन्डर चिंगलने सानाको ब्याक पासमा भारतीय गोलरक्षक गुरप्रित सिंहले बल नियन्त्रणमा लिन नसकेपछि अञ्जनले ३६ औं मिनेटमा सजिलै गोल गरे । उनले बललाई पोस्टको दिशा दिंदा गोलरक्षक अगाडि रहेको स्थिति थियो । नेपालका लागि अञ्जनको यो व्यक्तिगत पाँचौं गोल हो ।


प्रकाशित : भाद्र १७, २०७८ १९:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×