रोजगारीको भिसा बोकेर खोपको प्रतीक्षा [तस्बिरहरू]

तस्बिर : केशव थापा

काठमाडौँ — छाउनीस्थित सैनिक अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनेहरूको भिड लागेको छ । अस्पतालमा दैनिक ३ सयदेखि ७ सय जनासम्मले खोप लगाउँदै आएका छन् । वैदेशिक रोजगारीमा जानेहरूको चाप धेरै भएपछि हाल भिसा प्रक्रिया पूरा गरिसकेकाहरूलाई मात्रै खोप लगाउन लाइन बस्न दिइएको अस्पतालमा कार्यरत एक सुरक्षाकर्मीले बताए । वैदेशिक रोजगारीमा जानेहरुका लागि सरकारले गत साउन ७ गतेदेखि सैनिक अस्पताल र प्रहरी अस्पताल महाराजगन्जमा खोपको व्यवस्था गरेको छ ।


प्रकाशित : भाद्र २०, २०७८ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्