कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो देखियो रात्रिकालीन व्यवसाय खुलेपछि ठमेल क्षेत्र [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — उपत्यका प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै रात्रीकालीन व्यवसाय सञ्‍चालनमा आएका छन् । कोरोना भाइरस संक्रमणको जोखिम कम भएको निष्कर्षसहित बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा खुकुलो बनाइएको हो । निषेधाज्ञा खुकुलो पारिएसँगै शुक्रबार रात्रीकालीन व्यवसायहरु डान्सबार, दोहोरी साँझ, क्लबहरु खुलेका छन् ।

रात्रि क्लबहरु खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकले ठमेल, नयाँ बसपार्कलगायत क्षेत्रमा चहलपहल देखिएको छ । सोह्रखुट्टे प्रहरी वृत्तका अनुसार रात्रिकालीन व्यवसाय राति १२ बजेसम्म खुला गर्न पाउनेछन् । त्यस्तै रेस्टुरेन्ट, क्याफे, मदिरा पसलहरु भने राति ९ बजेसम्म खोल्न दिइएको छ । ठमेल क्षेत्रका केही तस्बिरहरु


प्रकाशित : भाद्र १८, २०७८ २३:०५
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री देउवा, अध्यक्षद्वय दाहाल र नेपालबीच बालुवाटारमा छलफल

रासस

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको छलफलमा विशेष गरी सरकार विस्तार तथा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । माओवादी अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार गठबन्धनलाई थप प्रभावकारी बनाउने, सरकार विस्तार गर्नेलगायत विषयमा शुक्रबारको छलफल केन्द्रित रहेको थियो ।

गत असार २८ गतेको सर्वोच्चको फैसलाअनुसार गठन भएको कांग्रेस सभापति देउवा नेतृत्वको सरकार हालसम्म विस्तार हुन सकेको छैन । सरकारमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवासहित दुई मन्त्री र एक राज्यमन्त्री छन् । यस्तै, माओवादीका तर्फबाट दुईमन्त्री कार्यरत छन् ।

छलफलमा सरकार विस्तार गर्ने र देश तथा जनताको समस्या समाधानमा केन्द्रित हुने विषयमा गम्भीर विचारविमर्श भएको बताइएको छ ।

प्रकाशित : भाद्र १८, २०७८ २२:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×