१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तस्बिरहरूमा हेर्नुहोस् अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल

नेपाल र भारतबीच बराबरी
तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — नेपाल र भारतबीचको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल बिहीबार दशरथ रंगशालमा १–१ को बराबरीमा टुंगेको छ । नेपालले पहिलो हाफमा एक गोलको अग्रता लिएर पनि त्यसलाई कायम भने राख्न सकेन् । नेपालका लागि अञ्जन विष्टले पहिलो हाफको ३६ औं मिनेटमा पहिलो गोल गरे ।

भारतीय डिफेन्डर चिंगलने सानाको ब्याक पासमा भारतीय गोलरक्षक गुरप्रित सिंहले बल नियन्त्रणमा लिन नसकेपछि अञ्जनले ३६ औं मिनेटमा सजिलै गोल गरे । उनले बललाई पोस्टको दिशा दिंदा गोलरक्षक अगाडि रहेको स्थिति थियो । नेपालका लागि अञ्जनको यो व्यक्तिगत पाँचौं गोल हो ।


प्रकाशित : भाद्र १७, २०७८ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्