२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

भक्तजनलाई ढोकैमा कृष्णको दर्शन

तस्बिर : इलिट जोशी, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिरमा सोमबार बिहानैदेखि भक्तजनको भिड लागेको छ । जन्माष्टमीका दिन कृष्ण मन्दिरमा मेला लाग्ने गर्छ । यस वर्ष भने कोरोना संक्रमणका कारण मन्दिरमा सर्वसाधारणलाई प्रवेश नदिइने र नियमित पूजाविधि मात्र गरिने जनाइएको छ ।

ललितपुर महानगरपालिकाले सूचना प्रकाशन गरी भक्तजनलाई दर्शन गर्न नदिने जानकारी गराएको छ । त्यसैले भक्तजनहरू मन्दिरबाहिरै पूजाआजा गरी फर्किएका छन् । हिन्दू धर्मावलम्बीहरू भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मान्छन् । त्यसैले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना गरिन्छ । भक्तजनहरू दिनभर व्रत बस्छन् । बेलुकी पनि भजन–कीर्तन गर्दै जाग्राम बस्न चलन छ ।


प्रकाशित : भाद्र १४, २०७८ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्