२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि विद्यार्थीहरुले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीले रत्नराज्यलक्ष्मी क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका थिए । सोमबार निगमले पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको थियो । यस्तै, खाना पकाउन प्रयोग हुने एलपी ग्यासको प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो ।


प्रकाशित : भाद्र ८, २०७८ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्