३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बसन्तपुरमा थरुहट, थारुवान मोर्चाको विरोध सभा [तस्बिरहरू]

तस्बिर : इलिट जोशी

काठमाडौँ — थरुहट, थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले थरुहट, थारुवान विद्रोहको तेस्रो चरणको अभियान सफल पार्न भन्दै विरोध सभा गरेको छ । काठमाडौंको बसन्तपुरमा मंगलबार विरोध सभा गरिएको हो । विरोध सभामा सहभागीले सांसद रेशम चौधरीको रिहाइ गर्न, गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न, टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेकाहरुलाई रिहाइको मागसहितका नारा भएका प्लेकार्ड प्रस्तुत गरेका थिए । सभामा थारु संस्कृति झल्कने नृत्य र नाटकसमेत प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा नागरिक आन्दोलनका अगुवाका साथै अन्य आदीवासी समुदायको पनि सहभागी थियो । थरुहट, थारुवान आन्दोलनको ६ वर्ष पुगेको अवसरमा गत साता तीन दिनसम्म माइती घर मण्डलामा प्रदर्शन गरिएको थियो ।


प्रकाशित : भाद्र ८, २०७८ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्