कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब चाहिँदैन स्कुल ? [तस्बिरहरु]

कविन अधिकारी

काठमाडौँ — कोरोना संक्रमण सुरु भएयतादेखि नै विद्यालयहरू बन्द छन् । भौतिक दूरी कायम नगरे संक्रमणको जोखिम नघट्ने भएपछि सरकारले नै विद्यालय खुलाएको छैन । बालबालिकालाई बोलाएर कक्षा चलाउन नसकिने भएपछि विद्यालयहरूले अनलाइन कक्षा चलाएका छन् । शिक्षक–विद्यार्थीको विद्यालयमा भौतिक उपस्थिति बाधित भएको वर्ष दिन भयो । लाखौंको लगानीमा तयार गरिएका भवन रित्ता छन्, डेस्क–बेन्चमा धूलो जमेका छन् भने विद्यालय परिसरमा झार उम्रिएको छ ।

२०७२ वैशाखको भूकम्पले घर, भवन र भौतिक संरचनामा क्षति गरेको थियो । कोरोना महामारीले मानिसका मनमा त्रास बढाएको छ । सरकारले वैकल्पिक विधिबाट पढाउने गरी सिकाइ सहजीकरण निर्देशिका ल्याएर पठनपाठन सञ्चालनको बाटो खुलाए पनि विद्यालयहरू खुलाउन स्थानीय तह तयार छैनन् ।

२०७६ चैत ११ मा लकडाउन गरिएपछि उपत्यकामा गत माघको पहिलो साता विद्यालय खुलेका थिए, वैशाखदेखि फेरि बन्द भए । यतिबेला काठमाडौंका सामुदायिक र निजी विद्यालय तर्साउने घरजस्ता भएका छन् ।


प्रकाशित : भाद्र ६, २०७८ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्