३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

थरूहट, थारूवान विद्रोहको ६ वर्ष : माइतीघरमा प्रदर्शन [तस्बिरहरू]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — थरुहट, थारुवान आन्दोलनको ६ वर्ष पुगेको अवसरमा काठमाडौंको माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा गरिएको छ । थरुहट, थारुवान राष्ट्रिय मोर्चाको आयोजनामा बुधबारदेखि जारी प्रदर्शन शुक्रबारसम्म गरिने आयोजकले बताएका छन् । प्रदर्शन र धर्नामा सहभागीले सांसद रेशम चौधरीको रिहाइ गर्न, गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न, टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेकाहरुलाई रिहाइको माग गरेका छन् । प्रदर्शनमा कविता वाचनका साथ साथै शिल्पी थिएटरले नाटक पनि प्रदर्शन गरेको थियो । प्रदर्शनमा नागरिक आन्दोलनका अगुवासमेत सहभागी हुँदै आएका छन् ।


प्रकाशित : भाद्र ३, २०७८ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्