झरनाको चिसो पानी... [तस्बिरहरू]

तस्बिर : दीपक केसी

काठमाडौँ — उपत्यकामा गर्मी बढेपछि नजिकैको झरना, खोला वा पानीका मुहान धाउनेहरु बढेका छन् । भक्तपुर चाँगुनारायण नगरपालिकास्थित मुहान पोखरीको झरनामा पनि हिजोआज गर्मी छल्न जानेहरु प्रशस्तै भेटिन्छन् ।

उपत्यकाबाट नजिक अनि रमाइलो ठाउँ । धेरैको मन त्यतै मोडिन्छ । टिकटक भिडियो र भ्लगले धेरेको मन लोभिएको छ आजकाल मुहानपोखरी जानलाई । सार्वजनिक बिदाको दिन भीड लाग्छ झरनामा रमाउनेहरुको । साथीभाइ, पारिवार र आफन्तसँग जानेहरुको लस्कर नै देखिन्छ ।

झरनामा रमाउने मात्रै हैन । कतिपय पिकनिकका लागि पनि पुग्छन् त्यहाँ । उपत्यकामा गर्मी बढेका बेला जाने हैन त मुहान पोखरी ?


प्रकाशित : भाद्र २, २०७८ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्