कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

धरहरालाई साक्षी राख्दै सुरु भयो मास्क अभियान [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारबाट नेपाल मास्क अभियान सुरु गरेको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले साउन २३ गतेदेखि २९ गतेसम्म अभियान सञ्चालन गर्न थालेको हो । शनिबार साँझ धरहरामा 'म जिम्मवार नागरिक' ह्यासट्याग लेखेर बत्ती बाल्दै अभियानको बारेमा जानकारी दिइएको थियो ।


प्रकाशित : श्रावण २३, २०७८ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्