कोरोनाका बिरामी बढेपछि टेकु अस्पतालमा थपियो बेड [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — कोरोनाका बिरामी बढेपछि टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा बेड थपिएको छ । पछिल्लो केही दिनयता फेरि कोरोना संक्रमितहरु बढेर बेड अभाव हुँदा बिरामी मर्कामा परेका थिए । आइतबार कोरोनाका बिरामीलाई लक्षित गर्दै थप दस बेड थपेको अस्पताल प्रशासनले जनाएको छ । कोरोनाका बिरामी बढेसँगै अस्पतालको प्रांगणको खुला स्थानमै बिरामीको उपचार हुँदै आएको थियो । अक्सिजन चाहिने बिरामी पनि बेड अभावमा अस्पताल परिसरमा छरिएर बस्न बाध्य थिए । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा शनिबार २ हजार २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने हालसम्म कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ ।


प्रकाशित : श्रावण १७, २०७८ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्