कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका ७ तस्बिरहरु । दैलेख घर भइ मलेसियामा कार्यरत लोकबहादुर शाही (३३) को शव बुझेपछि भावविह्लल हुँदै उनकी श्रीमती पुष्पा शाही लगायत छोरी र छोरा । विभिन्न कारणले मलेसियामा मृत्यू भएका २४ जनाको शव साथै ३ वटा अस्तु समेत गरेर २७ जनाको शव नेपाल एयरलाइन्सको जहाजबाट गएको शनिबार ल्याइएको थियो । कोरोना संक्रमणका जोखिमका कारण गरिएको निषेधाज्ञाले अन्तर्राष्ट्रिय उडान हुन नसकेका कारण सो शवहरु रोकिएको थियो । [तल]

ऐतिहासिक कमलपोखरीमा जमेको लेउ निकाल्दै कामदार । करिब २४ रोपनी क्षेत्रफलमा फैलिएको कमलपोखरी लाई काठमााडौ महानगरले सम्पदा संरक्षण भनेर पुनर्निर्माण गर्न लागे पनि केही समय विरोध भएको । तस्बिर : बिजु महर्जन/कान्तिपुर

सुर्खेत विमानस्थलको ड्रोनबाट खिचिएको फोटो । तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर

सिन्धुलीगढी यूद्ध संग्रहालय उद्घाटन कार्यक्रममा पञ्चेबाजा प्रस्तुत गर्दै कलाकारहरु । तस्बिरःराजकुमार कार्की/कान्तिपुर

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरी जसपा विवादबारे सनाखत गर्न डिल्लीबजार कारागारबाट निर्वाचन आयोग ल्याइदै । तस्बिर: अंगद ढकाल/कान्तिपुर

माइती नेपालले आयोजना गरेको आउँदै गरेको '८ औं मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस' मा सहभागी महिलाहरु । तस्बिर : दीपक केसी/कान्तिपुर

सोमबारको दिन शिवको मूर्तिमा दूध चढाउँदै हिन्दू धर्मालवलम्बी । तस्बिर : बिजु महर्जन/कान्तिपुर

गोरखा-आरुघाट सडक खण्ड अन्तर्गत हिलाम्मे बनेको ढुङ्गगाढेमा कोदो रोप्दै जनप्रतिनिधि र स्थानीय । तस्विर हरिराम उप्रेती/कान्तिपुर


प्रकाशित : श्रावण १६, २०७८ २२:१२
प्रतिक्रिया
पठाउनुहोस्

ब्याडमिन्टनमा ताइवानलाई पहिलो स्वर्ण

एएफपी

टोकियो — बच्चादेखिका साथीहरू ली याङ र वाङ ची–लिन शनिबार ब्याडमिन्टनको पुरुष डबल्समा पहिलो हुँदै ताइवानलाई ब्याडमिन्टनमा अहिलेसम्मकै पहिलो पदक दिलाएका छन् । उनीहरूले चीनका ली जुनहुइ र लिउ युचेनलाई ३४ मिनेटभित्रै २१–१८, २१–१२ ले सजिलै पराजित गरे ।

चीनले अघिल्लो दिन मिक्स्ड डबल्समा स्वर्ण पदक जितेको थियो र डबल्समा पनि सफलता हात पार्दै जापानी राजधानीमा ब्याडमिन्टनतर्फ वर्चस्व जमाउने लक्ष्य राखेको थियो । तर, विश्व नम्बर जोडी ली र वाङ चीनको उद्देश्यमा धेरै नै बलियो साबित भए । स्वर्ण जितेका उनीहरूले विश्व वरीयतामा पहिलो र दोस्रो स्थानका जोडीलाई नै पराजित गर्दै फाइनल तय गरेका थिए । मलेसियाका अरोन चिआ र सो वुइ यिकको जोडीले कांस्य पदक जिते ।

महिला एकलतर्फ सफलता हात पार्दै ताइवान अर्को स्वर्ण जित्ने लक्ष्यमा छ । विश्व नम्बर एक ताइवानी खेलाडी ताई जु–यिङले सेमिफाइनलमा भारतकी पीभी सिन्धुलाई पराजित गरेकी थिइन् । सिन्धुलाई २१–१८, २१–१२ ले पराजित गरेकी ताइले फाइनलमा चीनकी चेन युफेइको सामना गर्नेछिन् । सिन्धुले सन् २०१६ को रियो ओलम्पिकमा रजत जितेकी थिइन् ।


प्रकाशित : श्रावण १६, २०७८ २१:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×