कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी प्रतिष्ठानको भ्रष्टाचारविरुद्ध काठमाडौंमा नागरिक आन्दोलन [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र फस्टाउँदै गएको आर्थिक अनियमिततालगायत विषयलाई लिएर काठमाडौंमा नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । शनिबार अपराह्‍‍न बृहत् नागरिक आन्दोलनले माइतीघरदेखि बानेश्वरसम्म मार्चपास गरेको हो ।

प्रदर्शनमा चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसी, नागरिक अगुवा खगेन्द्र संग्रौला, नारायण वाग्ले, प्रदीप देवान, युग पाठक, सञ्‍जीव उप्रेती, भुपाल राईलगायत सहभागी थिए । सहभागीले जनताका लागि लोकतन्त्र, जनताको स्वास्थ्य तिम्रा दातालाई मस्त, स्वार्थ बाझे स्वास्थ्य राज्यमन्त्री बर्खास्त गर, देशकै ठूलो शिक्षण अस्पताल ठप्प छ, भ्रष्टाचारले देश ग्रस्त छ लगायत नारा लेखिएका प्लेकार्ड, व्यानर प्रदर्शन गरे ।


प्रकाशित : श्रावण १६, २०७८ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्

रौतहटमा ९ जना जुवाडे पक्राउ    

शिव पुरी

रौतहट — रौतहटमा प्रहरीले होटलमा तास खेल्दै गरेको अवस्थामा शनिबार ९ जनालाई पक्राउ गरेको छ । तासको खालबाट ईलाका प्रहरी चन्द्रनिगाहपुरको टोलीले २ लाख बढी नगद बरामद गरेको छ । 

चन्द्रपुर नगरपालीका–४ स्थित होटल अशोकाको कोठा नम्बर ३०१ मा तास खेल्दै गरेको सूचनापछि प्रहरीले छापा मारेको थियो । पक्राउ पर्नेमा गरुडा नगरपालिका–४ गरुडा बजारका रामशरण चौरसिया, जयप्रकाश साह, अशोक चौधरी, हरिष जयसवाल, मुकेश साह, रोहित जयसवाल, जंगबहादुर यादव, उमेश राय र उपेन्द्र राउत रहेको जिल्ला प्रहरी गौरले जनायो ।

जुवाडेको खालबाट प्रहरीले खुल्ला तासको पत्ती ४ सय १२ थान, वाइल्ड किङ लेखिएको रातो निलो रंगको सिल प्याक तास बुक ८ थान र नगद २ लाख ७९ हजार ६ सय ९० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी शिद्धिबिक्रम शाहले बताए ।

निषेधाज्ञाको समयमा चन्द्रनिगाहपुरका विभिन्न होटलहरुमा तास खेल्ने गरेको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनायो । पक्राउ परेकाहरुलाई जुवा ऐनमा मुद्दा दर्ता गरिने प्रहरीले बतायो ।

प्रकाशित : श्रावण १६, २०७८ १७:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×