कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

नेपाल–अंग्रेज युद्ध अब संग्रहालयमा [तस्बिरहरु]

राजकुमार कार्की

काठमाडौँ — संग्रहालयको प्रवेशद्वारमा तोपगोलासहित बसेका सैनिक । प्राङ्गणमा सेनाको चहलपहल । राष्ट्रिय झण्डा फहराएर सलामी अर्पण गरेका सेना प्रतिक । पूर्वपट्टी वीर योद्धाहरु घरेलु हतियार सहित लडाइँको मैदानमा रहेको भान हुने प्रतिमूर्ति । नजिकै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक । ऐतिहासिक सिन्धुलीगढीमा भएको यतिखेरको परिदृश्य हो यो ।

सेनाले निर्माण गरेको युद्ध संग्रहालय उद्घाटनका लागि यतिखेर सिन्धुलीगढी परिसरलाइ बेहुली झै सिंगारिएको छ । १२ महिना हुस्सु लाग्ने सिन्धुलीगढी क्षेत्रमा बिहानको समय भने पारिलो घाम लाग्छ । मौसमले साथ दिने अपेक्षाका साथ बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट संग्राहलयको उद्घाटन हुने वर्दबहादुर गणका गणपति विजय थापाले जानकारी दिए ।

६ कोठा र ६ हजार २८१ स्क्वायर फुटको संग्राहलयमा वीर गोर्खा र अंग्रेज फौजबीच सिन्धुलीगढीमा भएको युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरु, गढीको ऐतिहासिक सामरिक महत्व प्रर्दशन गर्न सकिने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हात हतियार, तोप, गोला, दस्तावेज, युद्धकालीन समयमा घरेलु सेना र विपक्षी सेनाको पोशाक प्रर्दशन लगायत संग्रहित गरी राखिएको छ।

गणका गणपति थापाका अनुसार ७ करोड रुपैयाँ लागतमा निर्माण भएको संग्रहालयको आन्तरिक सजावट, योद्धाहरुको सालिक, तथा अन्य निर्माणमा नगरपालिकाले लगानी गरेको छ ।


प्रकाशित : श्रावण १२, २०७८ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्