२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका ७ तस्बिरहरु । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधि सभाको पुन:स्थापित बैठकमा प्रवेश गर्ने क्रममा बधाई दिँदै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर: अंगद ढकाल

कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण गर्न बिहीबार टेकु अस्पतालमा विदेश जाने युवाहरुको भीड । तस्बिर: अंगद ढकाल

यातायात श्रमिक तथा कर्मचारीलाई खोपको व्यवस्था, वैज्ञानिक भाडा नीतिलगायतका विभिन्न ७ बुँदे माग राख्दै बिहीबार यातायात व्यवसायीले गरेको आन्दोलनका कारण ठप्प रहेको एकान्तकुना चक्रपथ क्षेत्र । तस्बिर : हेमन्त श्रेष्ठ

बकर ईदको अवसरमा राजधानीको जामे मस्जिदमा प्राथाना गर्दै एक भक्त । कोराना माहामारीका कारण सामूहिक प्राथानामा रोक लगाइएको छ । तस्बिर : इलिट जोशी

मनाङको मनाङ ङिस्याङ गाउँपालिका ६ मा पर्ने समुद्री सतहदेखि ३ हजार ५ सय ४० मिटर उचाइमा रहेको गंगापूर्ण हिमताल केही दिनअघि हिमालबाट बाढी पहिरो आएर पुरिएको अवस्था । तस्बिर सौजन्य: विनोद गुरुङ ।

गोदावरीस्थित झरुवावेसी झरनामा सेल्फी खिच्दै एक जोडी । लगातारको वर्षापछि झरनामा पानी बढेपछि सो क्षेत्रमा घुम्न आउनेहरुको संख्या बढेको छ । तस्बिर : दिपक केसी

कीर्तिपुरमा बिहानै पार्कमा शारीरिक अभ्यास गर्दै एक व्यक्ति कोरोना माहामारी कारण गरिएको निषेधाज्ञा खकुलो भएसँगै सर्वसाधारणहरु चहलपहल बढ्न थालेको छ । तस्बिर : केशब थापा


प्रकाशित : श्रावण ९, २०७८ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्