कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जब बाकसमा आइपुगे परदेशबाट आफन्त [तस्बिरहरू]

मलेसियाबाट २४ को शव र ३ जनाको अस्तु आयो
होम कार्की, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — लकडाउनको समयमा मलेसियामा मृत्यु भएकामध्ये २७ जना नेपाली कामदारको शव शनिबार बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको छ । जसमा ३ जनाको अस्तु मात्रै छ ।

मलेसियामा मृत्यु भएका दैलेखका ३२ वर्षीय लोकबहादुर शाहीकी श्रीमती पुष्पा शाही र परिवार भाविह्वल अवस्थामा ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार अन्तर्राष्ट्रिय उडान रोकिएकोले समयमा नै शव पठाउन नसकिएको हो । लामो समयसम्म सरकारले नेपाल एअरलाइन्सको वाइडबडी जहाज नपठाइदिएकोले मलेसियामा मृतक कामदारको शव ल्याउन सकिएको थिएन ।

दूतावासका अनुसार मृत्यु हुनेमध्ये अधिकांशले आत्महत्या गरेका थिए । त्यसबाहेक औद्योगिक दुर्घटना, सडक दुर्घटना र क्रोनिक रोगहरुबाट मृत्यु भएको थियो । यी शवहरुलाई नेपाल एअरलाइन्सको उडान नम्बर ४१६ को वाइडबडीबनाट ल्याइएको हो ।

क–कसको शव आयो ? बुद्धिराम कामी- सल्यान, मनीराम चौधरी- बर्दिया, कर्णबहादुर बुढाथोकी- बैतडी,सन्दीप विक,प्रमोद विक सुनील बीसी- बाग्लुङ, झापटबहादुर थापा- तनहुँ, दलबहादुर मोक्तान- पाँचथर, कृष्णकुमार राई- ललितपुर, होमबहादुर गुरुङ- सुनसरी,रामचरित्र कानु- बारा, अमरबहादुर माझी- सिन्धुपाल्चोक, लोकबहादुर शाही- दैलेख, रुपेशपुलामी मगर- सिरहा, श्यामु थारु- कपिलवस्तु, सोमरबहादुर तामाङ- ओखलढुङ्गा, शम्भु विक- झापा, कमलादेवी भण्डारी- मोरङ, लोकबन्धु लावती- झापा, मति तामाङ- नवलपरासी, यमबहादुर सनारी- पाल्पा, दलमान तामाङ- ओखलढुङ्गा, गोविन्द बोहरा- झापा। अस्तु ल्याइएका - मोहनप्रसाद चौधरी- नवलपरासी, मीनबहादुर विष्ट- डढेलधुरा, रोशनकुमार यादव- सिरहा ।

मलेसियामा मृत्यु भएका सुनसरीका होमबहादुर गुरुङकी श्रीमती कमला गुरुङ ।


प्रकाशित : श्रावण ९, २०७८ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्