२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

भाडा समायोजन लगायतका मागसहित यातायात व्यवसायीद्वारा प्रदर्शन

तस्बिर : अनिस रेग्मी, कविन अधिकारी, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — सार्वजनिक यातायात व्यवसायीहरुले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा व्यवसायीहरुले चक्रपथ वरपर गाडीको र्‍याली निकालेका थिए । यातायात व्यवसायीका ७ बुँदे माग तत्काल पूरा गर्नुपर्ने भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले प्रदर्शन गरेको हो । महासंघले कोभिड खोप सम्बन्धमा, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन सम्बन्धमा, २० वर्ष पुगेका सवारीको अवधि थप सम्बन्धमा, यातायातको बिमा छुट, यातायातको कागजपत्र नवीकरण र जरिवाना छुट गरिनुपर्ने माग राखेको छ ।


प्रकाशित : श्रावण ७, २०७८ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्