कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिवजीलाई ढोकैबाट दर्शन [तस्बिरहरू]

तस्बिर : दीपक केसी

काठमाडौँ — आज साउनको पहिलो सोमबार । हिन्दु धर्मावलम्बीहरुका लागि साउन महिना पवित्र मानिन्छ । साउने सोमबारका दिन हिन्दु धर्म मान्नेहरुले शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ ।

यस पटक भने कोरोना महामारीका कारण धेरै भीडभाड हुने ठाउँहरु बन्द भएकाले मन्दिरहरु पनि पूर्ण रुपमा खुलेका छैनन् । कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिर पनि सर्वसाधारणका लागि खुला गरिएको छैन ।

त्यसैले आज धेरै भक्तजनहरुले बाहिरैबाट पशुपतिनाथको दर्शन गरिरहेका छन् । कोरोनाका कारण शिव मन्दिरहरुमा विगतमा जस्तो भीडभाड भने छैन ।


प्रकाशित : श्रावण ४, २०७८ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्