३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका ७ तस्बिरहरु । झरीमा प्लास्टिक ओढेर गन्तव्यतिर अगाडि बढ्दै रिक्सा चालक । तस्बिर : सन्जोग मानन्धर

नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शितल निवासमा शपथपछि पदबहाल गर्न सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय प्रवेश गर्दै । तस्बिर : किरण पाण्डे

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि बालुवाटारदेखि र्‍याली गरेर बालकोट लग्दै एमालेका कार्यकर्ताहरु । तस्बिर : इलिट जोशी

राजधानीको इन्द्रचोकमा साउन १ गते चुरा र पोते किन्दै महिलाहरु । कोभिड १९ का महामारीका कारण पहिलेभन्दा व्यापार ९०% ले घटेको व्यापारीहरु बताउँछन् । तस्बिर : बिजु महर्जन

पर्वतको नयाँपुलमा मध्यपहाडी सडकमाथिबाट खसेको पहिरो । तस्बिर : अगन्धर तिवारी

आफ्नो आहार मुखमा च्यापेर रुखको हाँगामा बसेको कटुस टाउके मुरली चरा [चेस्टनट-हेडेड बि इटर] चरा । तस्बिर : दीपक केसी

सिंहदरबार अगाडी प्रदर्शन गर्ने क्रममा नागरिक आन्दोलनका अभियान्ता नारायण वाग्लेलाई पक्राउ गर्दै प्रहरी । तस्बिर: अंगद ढकाल ।


प्रकाशित : श्रावण २, २०७८ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्