कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी गरियो सिंहदरबारमा नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुको स्वागत [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुलाई सिंहदरबारमा स्वागत गरिएको छ । मंगलबार नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मालाई मन्त्रालयका कर्मचारी लगायतले स्वागत गरेका हुन् । प्रधानमन्त्री देउवा र मन्त्रीहरु राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहणपछि सिधै सिंदरबारमा पदभारका लागि पुगेका थिए ।

प्रकाशित : असार २९, २०७८ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्

४ मन्त्रीले लिए शपथ

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवासँगै चारजना मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री देउवाले शपथ लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रीहरूले शपथ लिएका हुन्।

शपथ लिनेमा कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिलामन्त्री छन् ।

त्यस्तै, माओवादी केन्द्रबाट पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा र जनार्दन शर्माले अर्थमन्त्रीको शपथ लिएका हुन् ।

प्रकाशित : असार २९, २०७८ २०:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×