१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

सिंहदरबारबाट यसरी बिदा भए ‌ओली [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — झन्डै साढे ३ वर्ष प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर केपी शर्मा ओली मंगलबारदेखि सिंहदरबारबाट बिदा भएका छन् । उनले बिदा हुनुअघि देशवासीका नाममा सम्बोधन गरे । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटनलाई बदर गर्दै नयाँ प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो । नयाँ प्रधानमन्त्रीमा देउवा नियुक्त भएसँगै ओली बाहिरएका हुन् ।

बिदाई सम्बोधनमा उनले, 'आज फेरि जनताको जनादेशले होइन सर्वोच्चको परमादेशका कारण मैले सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु । जनताको जनादेश त मेरो पक्षमा थियो । सर्वोच्चको परमादेश शेरबहादुर देउवाजीको पक्षमा भयो ।'


प्रकाशित : असार २९, २०७८ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्