कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

'सम्मानको लागि कोरिएको भित्तेचित्र पुन:स्थापना गर'

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — कोभिड फ्रन्टलाइनरहरुको सम्मानमा कोरिएको भित्तेचित्र पुन:स्थापनाको मागसहित युवाहरुले प्रदर्शनीमार्ग क्षेत्रमा प्रदर्शन गरेका छन् । केहीदिन पहिले रत्नपार्कको आकाशे पुलमुनि कोरिएको मुरल महानगरपालिकाले मेटाएपछि उनीहरुले महानगरको विरोधसमेत गरेका छन् । उनीहरुले कोभिड फ्रन्टलाइनरहरुको सम्मानमा पुन: चित्र कोरी पाउँ भन्दै मेयरसामू आग्रह गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले 'कलाको सहरमा कलाकै हत्या', 'सक्छस् सम्मान गर नत्र अपमान नगर', 'सम्मानको लागि कोरिएको भित्तेचित्र पुन:स्थापन गर' लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


प्रकाशित : असार २०, २०७८ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्