३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तस्बिरहरुमा हेर्नुहोस् असार १५ को रौनक

तस्बिर : अंगद ढकाल, तस्बिर : इलिट जोशी

काठमाडौँ — म्गंलबार देशभरका किसानहरुले धान रोपेर असार पन्ध्र मनाएका छन् । असार पन्ध्रलाई धान दिवस भनेर अहिले मनाउन थालिएको छ । मानो रोपेर मुरी उब्जाउने महिना हो असार । गाउँबेसी र तराईका फाँटहरुमा अहिले धान रोप्ने चटारो छ । हल गोरुले हिल्ल्याएको हिलो सम्याउँदै बाउसे गरेर छुपुछुपु धान रोप्दै गरेका रोपाहारहरुको दृश्य रमाइलो देखिन्छ । त्यसमाथि लाठे र रोपाहारको दोहोरी असारे भाकाले खेतको माहोल झन् रमाइलो बन्छ । के बच्चा के बुढा एक आपसमा हिलो छ्यापाछ्याप गरेर मनाउँछन् धान दिवस । यसपालि समयमै पर्याप्त पानी परेको कारणले किसानहरु खुसी छन् ।


प्रकाशित : असार १५, २०७८ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्