कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

प्रतिनिधिसभा विघटनविरूद्ध पाँच दलीय विद्यार्थीको संयुक्त प्रदर्शन [तस्बिरहरू]

तस्बिर : दिपेन्द्र रोक्का

काठमाडौँ — पाँच विद्यार्थी संगठनले संयुक्त रूपमा प्रतिनिधिसभा विघटनविरूद्ध प्रदर्शनीमार्गमा बिहीबार प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा सहभागीहरूले 'असंवैधानिक कु खारेज गर, विधिको शासन लागू गर ।', 'प्रतिगमन नाइके केपी ओली मुर्दावाद', 'ए प्रतिगमनका बा अब त अति भो राष्ट्रलाई क्षति भो', 'कोभिड–१९ खोपको तत्काल व्यवस्था गर ।' लगायतका विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रस्तुत भएका थिए । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम नरोकिँदासम्म र बालुवाटारबाट बिदा नभएसम्म देशव्यापीरुपमा आन्दोलन जारी रहने बताए ।


प्रकाशित : असार १०, २०७८ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्