३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा बढ्यो चहलपहल [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल, तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडौं उपत्यकामा सवारीमा जोरबिजोर प्रणाली लागू गरी निषेधाज्ञा खुकुलो पारिएपछि मंगलबार सडकमा चहलपहल बढेको छ । पसलहरू पनि खुल्न थालेका छन् । सवारीको चाप बढेसँगै सडकमा धेरैपछि ट्राफिक जाम भएको छ । व्यापारिक केन्द्रहरु न्युरोडलगायतका क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ । व्यवसायीहरू करिब दुई महिना बन्द रहेको पसलको सरसफाइमा व्यस्त देखिन्थे । सुनचाँदी पसल, भाँडाकुँडालगायत पसलहरु खुल्न थालेका छन् । पसलहरु खुलेसँगै सर्वसाधारणको आवतजावत पनि बढेको छ ।

निषेधाज्ञालाई केही खुकुलो पार्दै उपत्यकाको तीन वटा जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका प्रशासन कार्यालयले निजी सवारी साधनहरुलाई जोरबिजोर प्रणालीबाट सन्चालन गर्ने निर्णय गरेको हो । ट्याक्सी र पठाओलाई पनि चल्न दिइने भएको छ । त्यस्तै बार अनुसार पसलहरु पनि खुल्न थालेका छन् ।


प्रकाशित : असार ८, २०७८ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्