पहाडमा रोपाइँको रौनक (तस्बिरहरू)
सिन्धुली — वर्षाले साथ दिएपछि सिन्धुलीको महाभारत क्षेत्रका किसानलाई यतिखेर रोपाइँको चटारो छ । अघिल्ला वर्ष धानको बीउ पहेंलिन लाग्दा समेत पानी नपर्दा किसानहरू आकाशतिर हेर्दै पुर्पुरोमा हात लगाउन बाध्य थिए । तर अहिले बीउ तयार हुनासाथ मौसमले साथ दिएको छ । खोला–खहरे भरिएका छन् । त्यसैले महाभारत उत्तरतर्फका पहाडी खेतमा यसपालि अझ रौनक छाएको छ ।