कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा बढ्यो सवारी चाप [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — असार १ गतेदेखि निषेधाज्ञा केही मात्रामा खुकुलो बनाउने निर्णयपछि मंगलबार उपत्यकाका सडकमा सवारीसाधन बाक्लिएका छन् । उपत्यकाका तीनवटै प्रशासनको पछिल्लो निर्णय अनुसार दैनिक उपभोग्य वस्तुको ढुवानी, होम डेलिभरीलगायतको समय सीमा बढाएपछि सर्वसाधारण र सवारी साधनको चहलपहल बढेको हाे ।

काठमाडौंका जडिबुटी, नयाँबानेश्वर, भद्रकाली, न्युरोड क्षेत्रमा ट्राफिकहरूले सवारीसाधन जाँच गर्ने क्रममा जाम समेत भएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त सुरक्षा समितिले उपत्यकामा करिब एक दर्जन क्षेत्र सर्तसहित खुला रहने गरी निषेधाज्ञा एक साता लम्ब्याएको छ ।


प्रकाशित : असार १, २०७८ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्