कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

'कोभिड फ्रन्टलाइनर'हरुको स्मृतिमा दीप प्रज्वलन [तस्बिरहरू]

तस्बिर : केशव थापा

काठमाडौँ — कोरोनाबाट ज्यान गुमाएका 'फ्रन्टलाइनर'हरुको सम्झनामा सोमबार रत्‍नपार्कमा दीप प्रज्वलन गरिएको छ ।कोरोनाको महामारीमा क्रममा अग्रपंक्तिमा खटिँदा मृत्यु भएकाहरुको सम्मान अनि सम्झनामा उनीहरुका परिवारका सदस्यसहित साथीहरुले रत्नपार्कको आकाशे पुलमुनि बनाइएको मुरल पेन्टिङअघि मैनबत्ती बालेर दीप प्रज्वलन गरेका हुन् । अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरुप्रति माया र सम्मान व्यक्त गर्दै उनीहरूलाई काममा थप हौसला मिलोस् भनेर कलाकारहरु साङ्घे थिमे लामा, कृपा शेर्पा, सुम्निमा श्रेष्ठ र राजेश महर्जनले मुरल बनाएका हुन् ।

कलाकारहरूमा साङ्गे थिमे लामा,कृपा शेर्पा,सुम्निमा श्रेष्ठ र राजेश महर्जन रहेका छन् भने स्वयंसेवकतर्फ कुन्जाङ शेर्पा, अभिषेक आत्रेय र मातृका तिमिल्सिना छन्। यस कामको नेतृत्व दुजांग शेर्पाले लिएका छन्।


प्रकाशित : जेष्ठ ३१, २०७८ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्