२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका ७ तस्बिरहरु ।कतारबाट मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान्स्थलमा आर्लिएपछि मेडिकल रिपोर्टसहितका कागजातहरु परीक्षण गराउन लाइनमा बसेका यात्रुहरु। तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

चिकित्सा शिक्षा आयोगको स्वायत्ताविरुद्ध प्रधानमन्त्रीले कदम चालेको भन्दै बालुवाटारमा प्रदर्शनमा उत्रेका बृहत नागरिक आन्दोलनकर्मीलाई धरपकड गर्दै प्रहरी । तस्बिर : सन्जोग मानन्धर

सप्तरी र सुनसरी जोड्ने सप्तकोसी नदीको पुलमा माछा मार्दै एक स्थानीय । उनीहरु ४ सय देखि ५ रुपैयाँ प्रतिकेजीमा सानो माछा बिक्री गर्छन् । तस्बिर :हेमन्त श्रेष्ठ

कालिमाटीस्थित तरकारी तथा फलफूल बजारमा बिहानको समयमा तरकारी किन्ने सर्वसाधारणको भिड । तस्बिर : इलिट जोशी

'फोहर मलाई' लेखिएको डस्टबिनमा पानी राखेर नुहाउँदै बालबालिकाहरु । तस्बिर: सन्जोग मानन्धर

चम्पादेवीबाट देखिएको टौदहको दृश्य । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

पंखाको सहराबाट तोरी बत्ताउँदै खोकनाका किसान । तस्बिरः इलिट जोशी


प्रकाशित : जेष्ठ २९, २०७८ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्