कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकलगायत नागरिक अभियन्ता पक्राउ

तस्बिर : केशव थापा, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठक, सञ्जीव उप्रेती, अर्चना थापा, भाष्कर गौतमलगायत १८ जना पक्राउ परेका छन् ।

अवैध ढंगले निजी मेडिकल कलेजलाई सम्बन्धन बाँड्ने सरकारी तयारीविरुद्ध प्रदर्शनमा उत्रिएका अभियन्तालाई पक्राउ गरी मालीगाउँ प्रहरी कार्यालयमा राखिएको आन्दोलनले जनाएको छ । उनीहरूलाई नक्साल-भाटभटेनी क्षेत्रबाट पक्राउ गरिएको हो ।

निषेधाज्ञा उल्लंघन र निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरू नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त, मालीगाउँले जनाएको छ ।


प्रकाशित : जेष्ठ २८, २०७८ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्