कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

यसरी बनाइँदै छ काठमाडौंको बानेश्‍वरमा आकाशे पुल [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको अति व्यस्त चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुलको ट्रस्ट राखिएको छ । संघीय संसद् भवन नजिकैको चोकमा कार्यालय समयमा र साँझको समयमा बाटो काट्ने यात्रीले सास्ती खेप्दै आएका छन् । बुधबार अपरान्ह भुइँमा बनाइएको फलामको ट्रस्टलाई आकाशेपुलको पिल्लरमा जोडिएको छ ।

बानेश्वर चोकबाट पश्चिमतर्फ ५० मिटरको दुरीमा रहेको यो पुलले दैनिक १५ हजार जना व्यक्तिलाई वारपार गर्न सहज बनाउने बताइएको छ । यस्तै भुइँमा सडक ट्राफिकलाई समेत सहज बनाउने छ ।

आकाशे पुल निर्माण अनुगमन गरिरहेको काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले यो पुल यसै आर्थिक वर्षमा निर्माण सम्पन्न भइ प्रयोगमा आउने बताए । ३८ मिटर लम्बाईको यो पुल मान्छे मात्र वारपार गर्न मिल्ने गरी बनाइएको छ । यो पुलको निर्माण लागत ३ करोड १० लाख रहेको छ । मान्छे हिँड्ने फुटपाथको चौडाइ ३ मिटरको छ भने यो पुल जमिनबाट ५ मिटर माथि रहेको छ ।

प्रकाशित : जेष्ठ २६, २०७८ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्