कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जे देखियो बालबालिकाहरुले आइसोलेसन छाड्दा [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — कीर्तिपुरको आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टरमा रहेका बाल मन्दिर नक्सालका बालबालिकाहरु कोरोना संक्रमणमुक्त भएर शनिबार डिस्चार्ज भएका छन् । १० दिन उपचारपछि एन्टिजेन विधिबाट स्वाब परीक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । बालबालिकाहरु अस्पातलका नर्स तथा कर्मचारीहरुसित नाचगान गरेर बिदाई भए । बिदाईका क्रममा कतिपय बालबालिका भावुक बनेका थिए भने संक्रमणमुक्त भएर घर फर्किन पाउँदा कतिपय बालबालिकाहरु खुसी देखिन्थे । अस्पतालका नर्स तथा कर्मचारीहरु पनि सानासाना बालबालिकाहरुलाई संक्रमणमुक्त गराएर पठाउन पाउँदा खुसी देखिन्थे । बालबालिकालाई बिदाई गर्नुअघि अस्पातलले नै उत्पादन गरेर च्यावन्प्रास र चकलेट बाँडेको थियो । एकै पटक धेरै बालबालिकालाई निको पारेर पठाउन पाउँदा खुसी लागेको केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादवले बताए ।

प्रकाशित : जेष्ठ २२, २०७८ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्