१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तस्बिरमा मंगल ग्रह

इकान्तिपुर डेस्क

काठमाडौँ — नासाको पर्सिभरेन्स रोभर मंगल ग्रहमा अवतरण गरेको सय दिन पूरा भएको छ । यस वर्षको फेब्रुअरी १८ मा 'रेड प्लान्ट' पर्सिभरेन्स रोभर इन्जिन्युटी हेलिकप्टर लिएर त्यहाँ पुगेको थियो ।

मंगल गृहमा यो रोभरले जीवनको खोजका लागि सूक्ष्म जीवको अस्तित्वको खोजीमा लागिरहेको छ । यसका अलवा यो रोभरले त्यहाँको जलवायु र भौगर्भिक अनुसन्धान पनि गरिरहेको छ । पर्सिभरेन्स मंगल ग्रहको जर्जेरो क्रेटरमा अवतरण गरेको थियो । मंगल ग्रहमा पुगेसँगै पर्सिभरेन्सले विभिन्न तस्बिरहरु खिचेको छ ।

पर्सिभरेन्ससँग रहेको इइन्जिन्युटी हेलिकप्टरले पनि मंगल ग्रहमा सफलतापूर्वक टेस्ट फ्लाइट गरिसकेको छ । इन्जिन्युटी पृथ्वी बाहिर अन्य ग्रहमा उड्ने संसारको पहिलो यान पनि बनेको छ । नासाको जेट प्रपोल्सन ल्याबोरेटरीले पर्सिभरेन्सको मंगल ग्रह यात्रा र त्यहाँ तस्बिरहरु संकलन गरेको छ ।


प्रकाशित : जेष्ठ १९, २०७८ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्