१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

चीनबाट काठमाडौं आइपुग्यो अनुदानको खोप [तस्बिरहरू]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — चीनले नेपाललाई दोस्रोपटक दिने वाचा गरेको कोरोनाविरुद्धको १० लाख डोजमध्ये मंगलबार ९ लाख ८ सय डोज काठमाडौं आइपुगेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार त्यसमध्ये ८ लाख खोप नेपाल एयरलाइन्सले बेइजिङबाट ल्याएको हो । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले उपलब्ध गराउने भनेको २ लाख खोपमध्ये मंगलबार बिहान ५० हजार ४ सय र बेलुकी ५० हजार ४ सय गरी १ लाख ८ सय डोज खोप आइपुगेको हो । परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार बाँकी ९९ हजार २ सय डोज बुधबार काठमाडौं आइपुग्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जेठ १३ गते भएको टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सी चिनफिङले थप खोप सहयोग गर्ने घोषणा गरेका थिए । यसअघि पनि चीनले अनुदानमै ८ लाख डोज उपलब्ध गराएको थियो ।


प्रकाशित : जेष्ठ १८, २०७८ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्