कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनबाट काठमाडौं आइपुग्यो अनुदानको खोप [तस्बिरहरू]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — चीनले नेपाललाई दोस्रोपटक दिने वाचा गरेको कोरोनाविरुद्धको १० लाख डोजमध्ये मंगलबार ९ लाख ८ सय डोज काठमाडौं आइपुगेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार त्यसमध्ये ८ लाख खोप नेपाल एयरलाइन्सले बेइजिङबाट ल्याएको हो । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले उपलब्ध गराउने भनेको २ लाख खोपमध्ये मंगलबार बिहान ५० हजार ४ सय र बेलुकी ५० हजार ४ सय गरी १ लाख ८ सय डोज खोप आइपुगेको हो । परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार बाँकी ९९ हजार २ सय डोज बुधबार काठमाडौं आइपुग्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जेठ १३ गते भएको टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सी चिनफिङले थप खोप सहयोग गर्ने घोषणा गरेका थिए । यसअघि पनि चीनले अनुदानमै ८ लाख डोज उपलब्ध गराएको थियो ।


प्रकाशित : जेष्ठ १८, २०७८ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्

दशक लामो सिरियाली गृहयुद्धमा झन्डै ५ लाख मानिस मारिए : रिपोर्ट

कान्तिपुर संवाददाता

काठमाडौँ — सिरियामा जारी गृहयुद्धका कारण एक दशकमा ५ लाख नागरिक मारिएको पाइएको छ । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइटले मंगलबार तथ्यांक सार्वजनिक गर्दै सन् २०११ देखि भएको सरकारविरोधी प्रदर्शनका क्रममा ४ लाख ९४ हजार ४ सय ३८ जनाले ज्यान गुमाएको जनाएको छ ।

यसअघि यो वर्षको मार्चमा निकालिएको प्रतिवेदनमा ३ लाख ८८ हजारको मृत्यु भएको उल्लेख थियो । पुनःतथ्यांक केलाउँदा थप १ लाख ५ हजार १५ जना थपिएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१२को अन्त्यदेखि २०१५को नोभेम्बरसम्म धेरैको ज्यान गएको अब्जर्भेटरीका प्रमुख रमी अब्देल रहमानले एएफपीलाई बताएका छन् । पछिल्लो समयमा मृत्यु पुष्टि भएकाहरुमध्ये ४२ हजारभन्दा बढी सिरियाली नागरिक रहेका छन् । अधिकांस जेलमा दिइने यातनाका कारण ज्यान गुमाएका अब्जर्भेटरीले जनाएको छ ।

सिरियाली सरकारको आक्रमणमा परी १ लाख ५९ हजार ७ सय ७४ जना नागरिकहरुको ज्यान गएको प्रतिवेदनमा उल्लेख छ । सिरियाली द्वन्द्वमा ६८ हजार ३ सय ९३ जना जियादीहरुले पनि ज्यान गुमाएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२०मा मृत्युको संख्या कम भएको उल्लेख छ । सरकार पक्ष र विरोधी दुवैको ध्यान कोरोना नियन्त्रणमा भएकाले द्वन्द्वका कारण त्यस वर्ष करिब १० हजारजनाले ज्यान गुमाएका थिए । उक्त संख्या द्वन्द्व सुरु भएयताको थोरै हो ।

प्रकाशित : जेष्ठ १८, २०७८ १५:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×