कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काठमाडौंमा सुरु भयो रोपाइँ [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — आकाशे पानी प्रशस्त परेपछि काठमाडौंमा मध्य जेठमै रोपाइँ थालिएको छ । मनोहरा खोला किनारस्थित चाँगुनारायण नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रमा किसानहरुले धान रोप्न थालेका छन् । कोभिड–१९ संक्रमण रोकथामका लागि सरकारले निषेधाज्ञा लगाएको भए पनि किसानहरु आफ्नो कर्ममा व्यस्त छन् ।

केही दिनदेखि उपत्यका आसपासका क्षेत्रमा लगातार जस्तो पानी परिरहेको छ । पानी परेसँर्ग किसानहरु धान रोप्नमा व्यस्त छन् । जारी निषेधाज्ञाका कारण केही गाह्रो भएता पनि किसानहरु आफ्नो अनुकूलता हेरेर धान रोपिरहेका छन् ।


प्रकाशित : जेष्ठ १७, २०७८ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्