१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सरकारविरुद्ध नागरिक आन्दोलन [तस्बिरहरु]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — सरकारको ध्यान कोरोना भाइरस संक्रमणबाट नागरिकलाई जोगाउन भन्दा अन्यत्र मोडिएको भन्दै नागरिक अगुवाहरु सडकमा ओर्लिएका छन् । बृहत् नागरिक आन्दोलनको अगुवाईमा बुधबार काठमाडौंको कीर्तिपुरस्थित गणतन्त्र चोकमा उनीहरुले विभिन्‍न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । त्यसक्रममा लोकगायक अन्जान बाबुले आफ्नो प्रस्तुति राखेका थिए ।

सहभागीले प्रदर्शनपछि बोल्दै लेखक तथा विश्लेषक राजेन्द्र महर्जनले प्रतिनिधिसभा विघटन गरेर सरकारले प्रतिगमन निम्त्याएको भन्दै त्यसविरुद्ध सबैजना एकजुट भएर संघर्ष गर्नुपर्ने धारणा राखे । जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा दोस्रोपटक भंग गरेपछि विभिन्‍न राजनीतिक दल, नागरिक समाज र अन्य सरोकारवाला संघ संस्था आन्दोलनमा उत्रिएका छन् ।


प्रकाशित : जेष्ठ १२, २०७८ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्