कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

प्रतिनिधिसभा विघटनको विरोधमा नेविसंघद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । पुतलीसडकस्थित शंकरदेव क्याम्पस भित्रबाट उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिकात्मक शव बनाएर बोकी ल्याएका थिए । गेट बहिर निस्के लगत्तै प्रहरीले पुत्ला खोसेर निभाएको थियो ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वमा नेविसंघ शंकरदेव क्यापस इकाइद्वारा आयोजित कार्यक्रमको संयोजन नेता दिपक ओझाले गरेका थिए । प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरी पुत्ला खोसेर उनीहरुलाई तितरबितर पारेको थियो । असंवैधानिक रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद् विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघले पुत्ला दहन गरेको जनाएको छ ।


प्रकाशित : जेष्ठ ११, २०७८ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्