२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

प्रतिनिधिसभा पुन:स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्चमा विपक्षी गठबन्धनका नेताहरु [तस्बिरहरु]

तस्बिर : इलिट जोशी, तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — प्रतिनिधिसभा पुन:स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले रिट दर्ता गरेको छ । रिट दायर गर्न सर्वोच्चमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत विघटित प्रतिनिधिसभाका १४६ जना सांसदहरुको उपस्थिती रहेको थियो ।

उनीहरुले प्रधानमन्त्री पदका दाबेदार देउवाको पक्षमा बहुमत रहेको र उनलाई नै प्रधानमन्त्री बनाइनुपर्ने दाबीसहित सर्वोच्चमा रिट पेस गरेका हुन् । आइतबार नै अदालत जाने भनिए पनि कानुनी ढाँचाअनुसार कागजातसहितको विवरण र मस्यौदा तयार पार्न ढिलाइ भएपछि सोमबार मात्रै रिट पेस गरेका हुन् ।


प्रकाशित : जेष्ठ १०, २०७८ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्